६ महिनामा २ लाख ३७ हजार पर्यटकले नेपाल घुमे

६ महिनामा २ लाख ३७ हजार पर्यटकले नेपाल घुमे

काठमाडौं । जनवरीदेखि जुनसम्मको ६ महिनामा २ लाख ३७ हजार ६६० पर्यटक मुलुक भित्रिएका छन्। यो संख्या हवाई मार्ग हुँदै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल प्रयोग गरी नेपाल भित्रिनेको मात्र हो। नेपाल पर्यटन बोर्डकाअनुसार जुन महिनामा ४६ हजार ९५७ पर्यटन हवाई मार्ग हुँदै आगमन गरेका छन्। सन् २०१९ को जुन महिनामा ६१ हजार ३५१ पर्यटक नेपाल भ्रमणका आएका थिए।

जुन महिनामा दक्षिण एसियाबाट २६ हजार ३० पर्यटकको आगमन भएको छ। यसमा सबैभन्दा धेरै भारतीय पर्यटकको संख्या २३ हजार २४८ छ। भुटानबाट १५९ जना आएका छन्। अमेरिकी पर्यटकको संख्या पनि उल्लेखनीय छ। एक महिनामा अमेरिकाबाट ८ हजार ३५१ जना नेपाल भ्रमणमा आएका छन्। क्यानेडियन पर्यटकको संख्या ६२९ छ।

दक्षिण एसियाबाहेकका अन्य एसियाली मुलुकबाट जुन महिनाभर २ हजार ३६९ पर्यटक नेपाल आएका छन्। यसमा सबैभन्दा धेरै संख्या मलेसियन पर्यटकको ४६९ छ भने कम म्यानमारको छ। म्यानमारबाट ७५ जना पर्यटक भिसामा नेपाल आएका छन्। युरोपेली मुलुकबाट ४ हजार ७८७ जना नेपाल आएका छन्। अस्ट्रेलिया र न्युजील्याण्डबाट १ हजार ५४९ जना त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै नेपाल भित्रिएका छन्।

प्रकाशित मिति:     १९ असार २०७९, आईतवार  |    Himali Khabar