पेट्रोलियम पदार्थको मूल्य घटाउने नेपाल आयल निगमको निर्णय

पेट्रोलियम पदार्थको मूल्य घटाउने नेपाल आयल निगमको निर्णय

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाउने निर्णय गरेको छ ।

सरकारको निर्देशनपछि निगमले पेट्रोलियम पदार्थको मूल्यमा कटौती गर्ने निर्णय गरेको हो । निगम सञ्चालक समितिको आजको बैठकले मूल्य घटाउने निर्णय गरेको हो ।

पेट्रोलमा २० रुपैयाँ र डिजेल- मट्टितेलमा २९ रुपैयाँ मूल्य घटाउने निर्णय भएको छ । यस अनुसार अब पेट्रोलको मूल्य १७९ निर्धारण हुनेछ भने डिजेलमट्टितेलको १६३ कायम हुनेछ ।

प्रकाशित मिति:     ११ असार २०७९, शनिबार  |    Himali Khabar