फेरि बढ्यो सार्वजनिक यातायातको भाडा, कुन गन्तव्यको कति ?

फेरि बढ्यो सार्वजनिक यातायातको भाडा, कुन गन्तव्यको कति ?

काठमाडौं। सार्वजनिक यातायातको भाडा दर फेरि बढेको छ। पेट्रोलियम पदार्थको मूल्य बढेसँगै सार्वजनिक यातायातको भाडा समायोजन गरिएको हो ।

इन्धनको बजार मूल्य ५ प्रतिशत वा ५ प्रतिशतभन्दा बढी बढेमा वा घटेमा वैज्ञानिक भाडादर कायम गरिने नीति छ। यातायात व्यवस्था विभागका अनुसार यात्रुवाहक सवारी २.१ प्रतिशत, पहाडी बाटोमा सञ्चालन हुने मालबाहक सवारीमा २.७ प्रतिशत र तराईको बाटोमा सञ्चालन हुने मालबाहक सवारीमा ३ प्रतिशत भाडा दर बढेको छ। यो भाडा हिजै देखि नै लागू भएको छ। यसअघि जेठ चार गतेदेखि लागू हुने गरी भाडादर बढेको थियो।

प्रकाशित मिति:     ११ जेष्ठ २०७९, बुधबार  |    Himali Khabar