२ जेठमा नेपाल एयरलाइन्सले काठमाडौं-भैरहवा उडान गर्ने

२ जेठमा नेपाल एयरलाइन्सले काठमाडौं-भैरहवा उडान गर्ने

काठमाडौं । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटनका दिन २ जेठमा नेपाल एयरलाइन्सले काठमाडौं–भैरहवा–काठमाडौं रुटमा उडान गर्ने भएको छ ।

२ जेठदेखि नै कुवेतबाट जजिरा एयरवेजले समेत यस विमानस्थलमा उद्घाटन उडान गर्दैछ । नेपाल एयरलाइन्सले एक सूचना जारी गरी यस दिन उदघा्टन उडान गर्न लागेको जनाएको हो ।

काठमाडौंबाट बिहान ६ बजे उड्ने यो जहाज भैरहवाबाट भने ८ बजे काठमाडौंका लागि उड्ने भएको छ । यो दिन ए३२० न्यारोबडी जहाजले उडान गर्ने भएको छ ।

प्रकाशित मिति:     ३१ बैशाख २०७९, शनिबार  |    Himali Khabar