बजेटबाटै चालु खर्च कटौतीको तयारी

बजेटबाटै चालु खर्च कटौतीको तयारी

काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०७९/८०को बजेटमा साधाराण (चालु) खर्च कटौती गर्ने भएको छ । यसका लागि सबैजसो मन्त्रालयलाई खर्च कटौतीका लागि तयार रहन अर्थ मन्त्रालयले भनेको छ । यसले मन्त्रालयहरुभित्र असन्तुष्टिको स्वर सुनिन थालेको छ ।

आगामी आर्थिक वर्षको बजेटका लागि मन्त्रालय र निकायगत छलफलहरुमा अर्थ मन्त्रालयले चालु खर्च कटौतीलाई प्राथमिकतामा राखिने जानकरी गराएको हो । त्यसैअनुसार धेरै चालु खर्चका शीर्षकहरुको सीमा गत चालु आर्थिक वर्षकोभन्दा करिब २० प्रतिशतसम्म कम हुनसक्ने सरकारी अधिकारीहरुको आकलन छ ।

सरकारले सरकारी सुविधाको इन्धनमा २० प्रतिशतले कटौती गर्ने निर्णय गरिसकेको छ । सरकारको विदेशी मुद्रा सञ्चिति घट्दै गएको भन्दै ३० चैतको मन्त्रिपरिषद् बैठकले सरकारी सुविधाको इन्धनमा २० प्रतिशतले कटौती गर्ने निर्णय गरेको थियो ।

प्रकाशित मिति:     २८ बैशाख २०७९, बुधबार  |    Himali Khabar