स्थानीय चुनावलाई जिल्ला पठाउन थालियो मतपत्र

स्थानीय चुनावलाई जिल्ला पठाउन थालियो मतपत्र

काठमाडौं । निर्वाचन आयोगले स्थानीय चुनावका लागि आवश्यक पर्ने मतपत्र ढुवानी सुरू गरेको छ। आयोगले मंगलबारदेखि मतपत्र जिल्ला पठाउन थालेको हो।

जनक शिक्षा सामग्री केन्द्र लिमिटेडमा मतपत्र छपाइ गरिएको छ। त्यहाँबाट कर्णाली प्रदेशका १० जिल्ला र सुदूरपश्चिम प्रदेशका तीन गरी १३ जिल्लामा मतपत्र पठाइएको छ। आज काठमाडौंबाट पूर्व र पश्चिमका गरी नौ जिल्लामा मतपत्र पठाइनेछ।

आयोगले अहिलेसम्म एक करोड ५४ लाख ८३ हजार (८० प्रतिशत) मतपत्र छपाइको कार्य सम्पन्न भइसकेको छ। निर्वाचनका लागि एक करोड ९४ लाख मतपत्र आवश्यक पर्ने अनुमान गरिएको छ।

प्रकाशित मिति:     १४ बैशाख २०७९, बुधबार  |    Himali Khabar