८४ हजार ८ सय ७४ ले कोरोना बीमा वापत ४ अर्ब ६६ करोड भुक्तानी लिए

८४ हजार ८ सय ७४ ले कोरोना बीमा वापत ४ अर्ब ६६ करोड भुक्तानी लिए

काठमाडौं, २३ फागुन । कोरोना बीमाको माग दाबी गर्नेहरूमध्ये आधाले मात्र भुक्तानी पाएका छन् ।

बीमा समितिका अनुसार शुक्रबारसम्म ८४ हजार ८ सय ७४ जनाले दाबी भुक्तानीका लागि आवश्यक कागजात पूरा गरेका छन् । तिमध्ये ४८ हजार ६९ जनाले ४ अर्ब ६६ करोड ३० लाख रुपैयाँ बराबरको भुक्तानी पाइसकेका छन् । दाबीमध्ये ३ हजार १ सय १२ वटा भुक्तानीका लागि स्वीकृतिको प्रक्रियामा छ । १० हजार ९ सय ४६ वटा दाबी इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले छानबिन गरिरहेको छ भने ४ हजार २ सय ३३ वटा दाबी महाशाखामा पठाउने तयारीमा छ ।

यस्तै १४ हजार ३ सय ९३ दाबीउपर छानबिन भइरहेको र ३ हजार ६ सय ३९ वटा दाबी भुक्तानी कागजपत्र अपुग भएका कारण कम्पनीमा फिर्ता पठाइएको तथा ४ सय ८२ वटा दाबी भने भुक्तानी योग्य नरहेको समितिले जनाएको छ ।

महामारीको बिमा नहुने सिद्धान्तविपरीत बिमा समितिको दबाबमा नेपालमा कोरोना बिमा सुरु गरिएको थियो । कोरोना बिमा मापदण्ड, २०७७ जारी गर्दै निर्जीवन बिमा कम्पनीहरूले पुल बनाएर बिमा गर्ने व्यवस्था गरियो ।

प्रकाशित मिति:     २३ फाल्गुन २०७७, आईतवार  |    Himali Khabar