इन्धन किन्न वाणिज्य बैंकले आयल निगमलाई २ अर्ब ऋण दिने

इन्धन किन्न वाणिज्य बैंकले आयल निगमलाई २ अर्ब ऋण दिने

काठमाडौं । पेट्रोलियम पदार्थ आयातका लागि नेपाल आयल निगमलाई राष्ट्रिय वाणिज्य बैंकले २ अर्ब ऋण उपलब्ध गराउने भएको छ ।

आगामी अप्रिल २३ तारिखमा यो महिनाको दोस्रो किस्ता बापत तिर्नु पर्ने रकम अभाव भएपछि ऋण प्रक्रिया अघि बढेको आयल निगमले जनाएको छ ।

निगम सञ्चालक समितिको आग्रहपछि बैंकले ऋण उपलब्ध गराउने जानकारी दिएको तर सरकारको जमानी माग गरेको निगमका नायव कार्यकारी निर्देशक एवं आर्थिक विभाग प्रमुख नागेन्द्र साहले बताए । सरकारी जमानीका लागि वाणिज्य मन्त्रालयमार्फत अर्थमा प्रस्ताव पठाइएको छ ।

प्रकाशित मिति:     ३० चैत्र २०७८, बुधबार  |    Himali Khabar