इन्धनको नयाँ मूल्य सुची ग्यास २७३ रुपैयाँ महंगो

इन्धनको नयाँ मूल्य सुची ग्यास २७३ रुपैयाँ महंगो

काठमाडौं । नेपाल आयल निगमले भारतबाट खरिद गर्ने पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची आएको छ । हिजो प्राप्त मूल्यसूचीअनुसार निगमले आगामी १५ दिनमा ५ अर्ब २१ करोड रुपैयाँ घाटा व्यहोर्नुपर्ने छ ।

नयाँ मूल्यसूचीअनुसार एलपी ग्यासमा मात्रै प्रति सिलिन्डर २७३ रुपैयाँ ३८ पैसा मूल्य बढेको छ । त्यसअनुसार प्रति सिलिण्डर ग्यासमा निगमलाई ९ सय ५३ रुपैयाँ ६६ पैसा घाटा छ ।

यस्तै, मट्टितेलको मूल्य २२ रुपैयाँ १८ पैसा बढेर आएको छ भने डिजेलको मूल्य स्थिर छ । पेट्रोलको मूल्य भने १ रुपैयाँ ४८ पैसा घटेको छ

प्रकाशित मिति:     १९ चैत्र २०७८, शनिबार  |    Himali Khabar