नेपालसंग चीनले घाँस किन्ने

नेपालसंग चीनले घाँस किन्ने

काठमाडौं । चिनियाँ विदेशमन्त्री वाङ यीको नेपाल भ्रमणका क्रममा दुई देशबिच भएको नौबुँदे समझदारी मध्येको एउटा बुँदा हो, ‘सुरक्षित रुपमा स्वस्थ घाँस नेपालबाट चीन निर्यात गर्नेसम्बन्धी समझदारी’ ।

यो समझदारी अनुसार अब नेपालबाट चीनमा घाँस निर्यात हुने छ । तर त्यो घाँस अहिले खेतबारीका कान्लामा भएको घाँस हैन । चीन निर्यात हुने घाँस हेलेज हो । चितवन, नवलपरासी, दाङ र गोरखामा नेपाली व्यवसायीसँग मिलेर चिनियाँले हेलेज नामको घाँस उत्पादन गरिरहेका छन् । मकै जस्तै प्रजातीको यो घाँस चीन निर्यात गर्ने सहमति भएको हो ।

प्रकाशित मिति:     १२ चैत्र २०७८, शनिबार  |    Himali Khabar