गरिब मुलुकमा खाद्यवस्तुको थप मूल्यवृद्धि हुने दाबी

गरिब मुलुकमा खाद्यवस्तुको थप मूल्यवृद्धि हुने दाबी

काठमाडौं । विश्व व्यापार संगठनकी महानिर्देशक एनगोसी ओकोन्जो इबेयलाले यूक्रेन संकटका कारण खाद्य पदार्थको मूल्यवृद्धि भएको दाबी गरेकी छिन्।

उनका अनुसार खाद्य पदार्थको मूल्यवृद्धि भएपछि खाद्य संकट पनि बढ्ने खतरा देखिएको छ। खाद्य पदार्थमा भएको मूल्यवृद्धि र खाद्य संकटको असर सबैभन्दा बढी गरिब देशहरूमा पर्न सक्ने पनि उनले बताइन्।

खाद्य पदार्थको मूल्यवृद्धि र खाद्य संकटका कारण ठूलो मानवीय क्षतिसमेत हुन सक्नेमा पनि उनले चिन्ता व्यक्त गरिन्।

प्रकाशित मिति:     १२ चैत्र २०७८, शनिबार  |    Himali Khabar