यी हुन करोडौं बक्यौता रकम नतिर्ने एयरलाइन्स कम्पनीहरु ?

यी हुन करोडौं बक्यौता रकम नतिर्ने एयरलाइन्स कम्पनीहरु ?

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले सञ्चालनमा नरहेको सात एयरलाइन्स कम्पनीलाई साता दिनभित्र बक्यौता तिर्न निर्देशन दिएको छ । प्राधिकरणले सञ्चालनमा नरहेको तर करोडौं रुपैयाँ तिर्न बाँकी रहेका एयरलाइन्स कम्पनीलाई सात दिन भित्र बक्यौता तिर्न निर्देशन दिएको हो

पटक–पटक रकम तिर्न अनुरोध गर्दा पनि नतिरेका कम्पनीले अबको एक साता भित्र प्राधिकरणको नाममा रहेको वाणिज्य बैंकको खातामा रकम जम्मा गर्नुपर्ने छ । यदी बक्यौता रकम तिर्न नपर्ने भएका कारणसहित प्राधिकरणमा पेस गर्नुपर्ने छ । तर, कारण पनि पेस नगर्ने र बक्यौता रकम पनि नतिर्ने कम्पनीलाई कडा कारबाही गर्ने प्राधिकरणले चेतावनी दिएको छ ।

नेकोन एयर, शिवानी एयर, गोरखा एयर, माउन्टेन एयर, कस्मिक एयर, स्काईलाइन एयरवेज र एयर काष्ठमण्डपले प्राधिकरणलाई करोडौं रुपैयाँ तिर्न बाँकी छ ।

प्रकाशित मिति:     ७ चैत्र २०७८, सोमबार  |    Himali Khabar