पेट्रोलको मूल्य लिटरकै १६ रुपैयाँ बढेर आयो

पेट्रोलको मूल्य लिटरकै १६ रुपैयाँ बढेर आयो

काठमाडौं । इन्डियन आयल कर्पोरेसन (आईओसी) ले पेट्रोलियम पदार्थको मूल्य बढाएर पठाएको छ। आइओसीले बुधबार पठाएको नयाँ मूल्य सूचीमा पेट्रोल लिटरको १६ रूपैयाँ ३७ पैसा, डिजेल २४ रूपैयाँ ५० पैसा र हवाई इन्धनमा १८ रूपैयाँ ९० पैसा बढेको छ । आईओसीले १५ दिनको अन्तर्राष्ट्रिय मूल्यअनुसार आफूले बेच्ने भाउ तय गरी निगमलाई १५–१५ दिनमा नयाँ खरिद सूची पठाउने गर्दछ।

नयाँ मूल्य सूची अनुसार घाटा ३२ रूपैयाँ नाघेको छ । डिजेलमा ३६ रूपैयाँ बढी घाटा हुनेछ। यस अनुसार निगमको पाक्षिक घाटा नै ५ अर्ब ३१ करोड रुपैयाँ हुने छ।

प्रकाशित मिति:     २ चैत्र २०७८, बुधबार  |    Himali Khabar