सगरमाथासहित ४ हिमाल सफाई गर्न सेनालाई ८ करोड बजेट

सगरमाथासहित ४ हिमाल सफाई गर्न सेनालाई ८ करोड बजेट

काठमाडौं । नेपाली सेनाको नेतृत्वमा आगामी चैत २२ बाट सफा हिमाल अभियान–२०२२ शुरु हुने भएको छ । सगरमाथा, कञ्चनजङ्घा, ल्होत्से र मनास्लु हिमाल सफाइमा जाने सैनिकलाई नेपाली सेनाले तालिम दिइरहेको छ ।

मुस्ताङस्थित हाइ अल्टिच्युड ट्रेनिङ सेन्टरमा तालिम चलिरहेको सैनिक प्रवक्ता (सहायकरथी) नारायण सिलवालले जानकारी दिए । नेपालमा ८ हजार मिटरका आठ वटा हिमाल र ६ हजार माथिका १३ सय १० वटा चुचुराहरू छन् । तीमध्ये सगरमाथा, कञ्चनजङ्घा, ल्होत्से र मनास्लुको बेस क्याम्प भन्दा माथी र बेसक्याम्प वरपरबाट ३५ टन फोहाेर संकलन गर्ने सेनाको योजना छ ।

हिमाल सफाई गर्न सेनालाई सरकारले ८ करोड ३० लाख बिनियोजन गरेको छ । तर, सफाइका लागी सेनाले १२ करोड बजेट मागेको छ । सफाई अभियानमा २९ जना सैनिक, ४८ जना शेर्पा र समन्वय समिति र रियरअप्स ग्रुपका १४ जनासहित ९१ जना खटिनेछन् ।

प्रकाशित मिति:     ३० फाल्गुन २०७८, सोमबार  |    Himali Khabar