चर्कियो महँगी, माघमा ५.९७ प्रतिशत

चर्कियो महँगी, माघमा ५.९७ प्रतिशत

काठमाडौं । गत माघ महिनामा वार्षिक बिन्दुगत उपभोक्ता मूल्य वृद्धिदर थप बढेको छ । पुस महिनामा ५.६५ प्रतिशत रहेको मूल्य वृद्धिदर (मुद्रास्फीति) माघमा ५.९७ प्रतिशत पुगेको हो ।

नेपाल राष्ट्र बैंकका अनुसार माघ, २०७७ मा यस्तो मूल्य वृद्धिदर २.७० प्रतिशत थियो । समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मूल्य वृद्धिदर ६.०० प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मूल्य वृद्धिदर ५.९६ प्रतिशत थियो ।

प्रकाशित मिति:     २७ फाल्गुन २०७८, शुक्रबार  |    Himali Khabar