आन्तरिक हवाई भाडादर बढ्याे (कुनमा कति)

आन्तरिक हवाई भाडादर बढ्याे (कुनमा कति)

काठमाडौं । नेपाल वायुसेवा सञ्चालक संघले हवाई भाडादर वृद्धि गरेको छ।दुई दिनअघि नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेसँगै हवाई सञ्चालक संघले नयाँ भाडादर सार्वजनिक गरेको हो।

निगमले हवाई इन्धनको मूल्य पनि समायोजन हुने बताएको थियो। मूल्य समायोजनसँगै संघले शनिबार आन्तरिक उडानमा नयाँ भाडादर सार्वजनिक गरेको हो।

नयाँ भाडादर अनुसार काठमाडौंबाट माउन्टेन फ्लाइट ३४० रुपैयाँसम्म वृद्धि भएको छ। काठमाडौं-भद्रपुर ३००, काठमाडौं-विराटनगर २४०, काठमाडौं-धनगढी ४४५ रुपैयाँसम्मले हवाई भाडा बढेको छ।

नयाँ हवाई भाडादर आइतबारबाट लागू हुने संघले जनाएको छ। निगमले १२६ बाट १३६ रुपैयाँ प्रतिलिटर हवाई मूल्य बढाएको थियो।

प्रकाशित मिति:     २१ फाल्गुन २०७८, शनिबार  |    Himali Khabar