मूल्य समायोजन नगरे उडान सेवा बन्द गर्ने चेतावनी

मूल्य समायोजन नगरे उडान सेवा बन्द गर्ने चेतावनी

काठमाडौं । वायुसेवा सञ्‍चालक संघले नेपाल आयल निगमले मूल्य समायोजन नगरेमा हवाई उडानसेवा बन्द गर्न चेतावनी दिएका छन् । निगमले मूल्य समायोजन नगरेमा संघले इन्धन खरिद नगर्नेसमेत चेतावनी दिएको छ ।

संघलाई बढी व्ययभार पर्ने भएकाले हवाई उडान सेवा बन्द गर्नुपर्ने बाध्यात्मक अवस्था आउन सक्ने संघका अध्यक्ष रामेश्‍वर थापाले बताए । त्यसैगरी हवाई इन्धनमा दश रुपैयाँ भन्दा बढी नाफा नलिन आग्रह गरेको छ । संघले शुक्रबार विज्ञप्ति जारी गर्दै १० रुपैयाँ मात्र नाफा लिएर मूल्य समायोजन माग गरेको छ ।

प्रकाशित मिति:     २१ फाल्गुन २०७८, शनिबार  |    Himali Khabar