४ हजार महँगा कार बोकेको पानीजहाज आन्ध्र महासागरमा डुब्यो

४ हजार महँगा कार बोकेको पानीजहाज आन्ध्र महासागरमा डुब्यो

बीबीसी । पोर्चुगलको अजोर्ज द्वीपसमूहभन्दा पर आन्ध्र महासागरमा हजारौँ विलासी कार बोकेको एउटा पानीजहाज डुबेको छ। झन्डै दुई साताअघि उक्त कार्गो जहाजमा आगलागी भएको थियो।

फेलिसिटी एस नामक उक्त जहाजले पोर्श र बेन्ट्लीसहित झन्डै ४ हजार वटा कार बोकेको थियो। जर्मनीको बन्दरगाह एम्डेनबाट उक्त जहाज संयुक्त राज्य अमेरिकाको रोड आइल्यान्डका लागि हिँडेपछि त्यसमा आगो लागेको थियो। फेब्रुअरी १६ मा आगलागी भएपछि जहाजको चालकदलका सबै सदस्य र कर्मचारीलाई उद्धार गरिएको थियो।

सबैभन्दा नजिकै रहेको फाइअल टापुको बन्दरगाहका प्रमुख जोआओ मेन्जिस काबेससले समाचारसंस्था रोएटर्सलाई बताएअनुसार समुद्रमा तेल चुहिएको थाहा भएको छैन।

प्रकाशित मिति:     १८ फाल्गुन २०७८, बुधबार  |    Himali Khabar