गौतमबुद्ध विमानस्थलको क्यालिब्रेसन सकियो

गौतमबुद्ध विमानस्थलको क्यालिब्रेसन सकियो

काठमाडौं । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा क्यालिब्रेसन फ्लाइट सम्पन्न भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार निर्धारित समय अनुसार आइतबार फ्लाइट सम्पन्न भएको हो ।

एरोथाइको जहाज ५ फागुनमा नेपाल आएको हो । यो जहाजले आइतबारसम्म नै तोकिएको उडानहरु पूरा गरेको प्राधिकरणले जनाएको छ । पूर्वनिर्धारित तालिका अनुसार जहाज सोमबार थाइल्याण्ड फर्कनु पर्ने थियो । तर, उपकरण जडित जहाज नेपाल आएको मौकामा करिब आधा दर्जन आन्तरिक विमानस्थलहरुमा पनि परीक्षण उडान गर्ने योजना बनाइएको छ । सोही अनुसार जहाज आइतबार नै पोखरा जाने भएको छ । त्यसपछि आन्तरिक विमानस्थलहरुमा परीक्षण उडान गरिने छ ।

प्रकाशित मिति:     १५ फाल्गुन २०७८, आईतवार  |    Himali Khabar