डिजेल र पेट्रोलको मूल्य अहिलेसम्मकै उच्च

डिजेल र पेट्रोलको मूल्य अहिलेसम्मकै उच्च

काठमाडौं । नेपाल आयल निगमले फेरि पेट्रोलियम प्रदार्थको मूल्य बढाएको छ। निगमले भारतीय आयल कर्पोरेसनले पठाएको नयाँ मूल्यसूचीअनुसार शनिबार राति १२ बजेदेखि लागू हुने गरी इन्धनको मूल्य बढाएको हो।

निगमका सहप्रवक्ता पुष्कर कार्कीका अनुसार पेट्रोलमा प्रतिलिटर ३ रुपैयाँ, डिजेल र मटितेलमा ३/३ रुपैयाँ बढाइएको छ। खाना पकाउने ग्यास र हवाई इन्धनको मूल्य भने यथावत् राखिएको छ। नयाँ मूल्यअनुसार उपत्यकामा पेट्रोल १ सय ४५ रुपैयाँ, डिजेल र मट्टितेल १ सय २८/१ सय २८ रुपैयाँ पर्नेछ। बढेको पेट्रोल/ डिजेलको मूल्य अहिलेसम्मकै रेकर्ड हो। निगमले मूल्य समायोजनपश्चात् पनि निगमलाई १५ दिनमा २ अर्ब १५ करोड रुपैयाँ घाटा हुने जनाएको छ।

प्रकाशित मिति:     ८ फाल्गुन २०७८, आईतवार  |    Himali Khabar