पर्यटन बोर्डका सिइओ डा. रेग्मीलाई दोस्रोपटक स्पष्टीकरण सोधियो

पर्यटन बोर्डका सिइओ डा. रेग्मीलाई दोस्रोपटक स्पष्टीकरण सोधियो

काठमाडौं । नेपाल पर्यटन बोर्ड सञ्चालक समितिले बोर्डका प्रमुख कार्यकारी अधिकृत (सिइओ) डा. धनञ्जय रेग्मीलाई पदबाट हटाउने तयारी थालेको छ । माघ २८ गते बोर्ड सञ्चालक समितिका अध्यक्ष तथा संस्कृति पर्यटन तथा नागरिक उड्डयनका सचिव महेश्वर न्यौपानेको अध्यक्षतामा बसेको बैठकले रेग्मीलाई दोस्रोपटक स्पष्टीकरण सोधेको हो ।

बोर्ड सञ्चालक समिमिका उपाध्यक्ष चन्द्र रिजालले रेग्मीलाई इमेलबाट स्पष्टीकरण सोधिएको जानकारी दिए । पहिलोपटक सोधिएको स्पष्टीकरणको चित्त बुझ्दो जवाफ नआएपछि हामीले रेग्मीलाई दोस्रो स्पष्टीकरण सोध्ने निर्णय गरेका जनाइएको छ । यो पटक पनि स्पष्टीकरणको चित्त बुझ्दो जवाफ नआए सञ्चालक समितिले कानून अनुसार निर्णय गर्ने जनाएको छ ।

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आले र पर्यटन बोर्डका सीइओ रेग्मीबीच विवाद हुनुका साथै कात्तिक २० गते पर्यटन बोर्डका सीइओ रेग्मीले बेलायतमा आयोजित वर्ल्ड ट्राभल मार्टमा सहभागी भएर नेपाल फर्किदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भन्सारका कर्मचारीलाई हातपात गरेपछि विवादमा तानिएका थिए ।

प्रकाशित मिति:     ३ फाल्गुन २०७८, मंगलवार  |    Himali Khabar