होटल याक एन्ड यती बन्द गराउन गृहको काठमाडाैं प्रशासनलाई निर्देशन

होटल याक एन्ड यती बन्द गराउन गृहको काठमाडाैं प्रशासनलाई निर्देशन

काठमाडौं । होटल याक एन्ड यती बन्द गराउने संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको निर्णय कार्यान्वयन गराउन गृह मन्त्रालयले काठमाडौं जिल्ला प्रशासनलाई निर्देशन दिएको छ ।

क्यासिनो सञ्चालन बापतको ४८ करोड रोयल्टी नतिरेकाले होटलको पाँचतारे वर्गीकरण रद्ध गर्ने, होटलको बैंक खाता तथा भौतिक सम्पत्ति रोक्का गर्ने निर्णय पर्यटमन्त्री प्रेमबहादुर आलेले गरेका थिए।

तर होटल भने निर्वाध चलिहरेको छ। होटललाई पत्राचार गरेपछि पनि बन्द नभएपछि पर्यट विभागले गृहको साथ खोजेको थियो।

प्रकाशित मिति:     २ फाल्गुन २०७८, सोमबार  |    Himali Khabar