याक एण्ड यतिको फाइभस्टार दर्जा खारेज

याक एण्ड यतिको फाइभस्टार दर्जा खारेज

काठमाडौं । काठमाडौंको दरबारमार्गमा रहेको याक एण्ड यति होटल लिमिटेडको क्यासिनो सञ्चालन इजाजत र होटल स्तर निर्धारण प्रमाणपत्र रद्द गरिएको छ।

संस्कृति पर्यटन तथा नागरिक उड्डयमन्त्री प्रेम बहादुर आलेको (मन्त्रीस्तरीय) निर्णयले याक एण्ड यतिको क्यासिनो सञ्चालन इजाजत र होटल स्तर निर्धारण प्रमाणपत्र रद्द गरिएको हो।

क्यासिनो सञ्चालन गर्न पाउने इजाजत बापतको राजस्व, इजाजत नवीकरण दस्तुर लगायतको रकम दाखिला नगरेका कारण क्यासिनो सञ्चालन इजाजतपत्र रद्द गर्ने, होटलको पाँच (५) तारा स्तरको स्तर वर्गीकरण प्रमणपत्र रद्द गर्ने निर्णय भएको पर्यटन विभागले जानकारी दिएको छ।

प्रकाशित मिति:     २७ माघ २०७८, बिहीबार  |    Himali Khabar