पर्यटन बोर्डको सञ्चालक समिति सदस्य र सिइओबीच भनाभन, सिइओलाई सोधियो स्पष्टीकरण

पर्यटन बोर्डको सञ्चालक समिति सदस्य र सिइओबीच भनाभन, सिइओलाई सोधियो स्पष्टीकरण

काठमाडौं । नेपाल पर्यटन बोर्डका सीईओ धनन्जय रेग्मीलाई सञ्चालक समितिले स्पष्टीकरण माग गरेको छ ।

बोर्ड सञ्चालक समितिको मंगलवार बसेको बैठकले छानविन समितिको प्रतिवेदनमा आधारमा स्पष्टीकरण सोधेको हो ।

पर्यटन मन्त्रालयका सचिव तथा बोर्ड अध्यक्ष महेश्वर न्यौपानेको अध्यक्षतामा बसेको बैठकमा उपाध्यक्ष चन्द्र रिजाल नेतृत्वको छानविन समितिको प्रतिवेदनबारे छलफल भएको थियो । छानविन समितिले सीईओ रेग्मीबाट आर्थिक अनियमितता,आचरणविपरितको काम, अवैध सुन चोरी पैठारी लगायतका विषयमा गल्ति देखिएको भन्दै कानूनी कारबाहीको सिफारिस गरेको थियो ।

सोही सिफारिस अनुसार बोर्ड बैठकले कानूनी कारबाहीको प्रक्रिया अघि बढाउन कानून बमोजिम एक साताभित्र स्पष्टीकरण पेश गर्न भनेको हो ।

उक्त बैठकमा आफूमाथि कारबाही हुने भएपछि रेग्मी बोर्डका अध्यक्ष तथा मन्त्रालयका सचिव महेश्वर न्यौपाने र उपाध्यक्ष चन्द्र रिजालसँग अमर्यादित ढंगले प्रस्तुत भएको एक सदस्यले बताए । बोर्ड सदस्य कृष्ण शाहसँग पनि उनको भनाभन परेको थियो ।

प्रकाशित मिति:     १९ माघ २०७८, बुधबार  |    Himali Khabar