नेप्से परिसूचक १०५ अंकले बढ्यो

नेप्से परिसूचक १०५ अंकले बढ्यो

काठमाडौं । साताको पहिलो दिन आइतबार शेयर बजारमा उल्लास देखिएको छ । कारोबार शुरु भएसँगै बढ्ने क्रममा देखिएको बजार अन्तमा १०५ अंक्ले बढेर बन्द भयो । आइतबार शेयर कारोबार मापक नेप्से परिसूचक १०५. ५५ अंकले बढेर २ हजार ८ सय ८५ दशमलव ५३ अंकमा पुगेको छ ।

अघिल्लो साता लागातार घटेको शेयर बजार आइतबार भने सरकारले चुनाव घोषणा गर्ने तयारी गरेको समाचार पछि बढेको अनुमान गरिएको छ । कारोबार रकम पनि आइतबार ६ अर्ब नाघ्यो । १ करोड २१ लाख ५५ हजार ४ सय ३२ कित्ता शेयर किनबेच हुँदा शेयर कारोबार रकम ६ अर्ब ३२ करोड ४२ लाख ७४ हजार रुपैयाँ पुगेको छ ।

बजार उच्च अंकले बढ्दा आधा दर्जन कम्पनीहरुको शेयर मूल्य सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । एकै कम्पनीहरुको शेयर मूल्य एकै दिन १० प्रतिशत भन्दा धेरैले घटबढ हुँदैन ।

प्रकाशित मिति:     १६ माघ २०७८, आईतवार  |    Himali Khabar