नेपाल विश्वको भ्रष्टाचार मुलुकको सुचीमा ११७ औं स्थानमा

नेपाल विश्वको भ्रष्टाचार मुलुकको सुचीमा ११७ औं स्थानमा

काठमाडौं । नेपाल विश्वका भ्रष्ट मुलुकको ११७ औं नम्बरमा दर्ज भएको छ । संसारभरका देशमा भ्रष्टाचारको अवस्था निगरानी गर्ने अन्तर्राष्ट्रिय संस्था ट्रान्सपरेन्सी इन्टरनेसनल (टिआई) ले आफ्नो वार्षिक रिपोर्टको निष्कर्ष सार्वजनिक गर्दै नेपाललाई भष्टाचार हुने मुलुकको ११७ औं स्थानमा राखेको हो ।

ट्रान्सपरेन्सीले सन् २०२१ मा संसारभरका १८० देशको भ्रष्टाचारको स्थिति नियालेको थियो । जसमा ३३ अंक हासिल गरेर नेपालले ११७ औं स्थान बनाएको छ ।

गत वर्ष पनि ट्रान्सपरेन्सीले संसारभरका १८० देशको भ्रष्टाचारको स्थिति नियालेको थियो । जसमा नेपाल अहिलेजस्तै ३३ अंक पाएर ११७ औं स्थानमा परेको थियो । भ्रष्टाचारको अवस्था हेर्न कुल १०० पूर्णांक दिएर ट्रान्सपरेन्सीले अवस्था खुट्याउने गरेको छ ।

प्रकाशित मिति:     १२ माघ २०७८, बुधबार  |    Himali Khabar