चिनियाँ वायुसेवा कम्पनीको ४४ उडानमा अमेरिकाको प्रतिवन्ध

चिनियाँ वायुसेवा कम्पनीको ४४ उडानमा अमेरिकाको प्रतिवन्ध

काठमाडौं । अमेरिकाले चार वटा चिनियाँ वायुसेवा कम्पनीको ४४ वटा उडानमा प्रतिवन्ध लगाएको छ। अमेरिकी सरकारले नयाँ भ्रमण निर्देशिका जारी गर्दै प्रतिवन्ध लगाएको हो।

दुई महिना सम्मका लागि चीन र चीनसँग जोडिएका सीमा नाकाबाट हुँदै आएको नियमित उडानमा प्रतिवन्ध लागेको छ।सीएनएनका अनुसार चीन-अमेरिका उडानमा प्रतिवन्ध लगाइएका वायुसेवा
कम्पनीले अप्रिलबाट मात्र नियमित उडान गर्न पाउनेछन्।

यो निर्णय गरिएसँगै एयर चाइना, चाइना इस्टर्न एयरलाइन्स, चाइना साउर्दन लगायत वायुसेवा कम्पनीले अमेरिकातर्फ गर्दै आएको नियमित उडान प्रभावित हुने भएको छ। चीनले अमेरिकी वायुसेवा कम्पनीलाई प्रतिवन्ध लगाएपछि अमेरिकाले काउन्टर गर्दै उडान प्रतिवन्ध गरेको हो।

प्रकाशित मिति:     ११ माघ २०७८, मंगलवार  |    Himali Khabar