कोटेश्वरबाट पठाओ राइडर अपहरित, दुई जना पक्राउ

कोटेश्वरबाट पठाओ राइडर अपहरित, दुई जना पक्राउ

काठमाडौं । कोटेश्वरबाट गएराति एक जना पठाओ राइडर अपहरित भएका छन् । शनिबार राति ११ बजेतिर कोटेश्वरबाट चढेका एक युवाले पठाओ राइडरलाई धापाखेल पु¥याइ लुटपाट गरेका हुन् ।

महानगरीय प्रहरी परिसर, ललितपुरका प्रमुख एसएसपी यज्ञविनोद पोखरेलका अनुसार धापाखेलमा मुखमा टेप र हातखुट्टा डोरीले बाँधेर नगद ८ हजार र राइडरको मोटरसाइकल पनि लिएर दुई व्यक्ति फरार भएका थिए । रातिबाट थालिएको अनुसन्धानका क्रममा पठाओ बुक लगेर लैजाने २१ वर्षीय सुमन तामाङ र धापाखेलमा बन्धक बनाउन सहयोग गर्ने उनका साथी मिनराज राईलाई पक्राउ गरिएको पोखरेल बताउँछन् ।

ललितपुर प्रहरीका एसपी सिद्धिविक्रम शाहका अनुसार आइतबार बिहान दुई जनालाई बलम्बुस्थित चन्द्रागिरी रिकन्डिसन सोरुममा राइडरको मोटरसाइकल विक्री गर्न लागेको अवस्थामा पक्राउ गरिएको थियो ।

प्रकाशित मिति:     ९ माघ २०७८, आईतवार  |    Himali Khabar