पाँच महिनामा ८ खर्ब ३८ अर्बको बस्तु आयात, रेमिट्यान्स पनि घट्यो

पाँच महिनामा ८ खर्ब ३८ अर्बको बस्तु आयात, रेमिट्यान्स पनि घट्यो

काठमाडौं । चालू आर्थिक वर्षको पाँच महिनामा ८ खर्ब ३८ अर्ब ४१ करोड रुपैयाँको बस्तु आयात भएको छ । गत वर्षको तुलनामा आयात ५९.५ प्रतिशतले बढेको छ । वस्तु आयात गरिने मुलुकका
आधारमा भारत, चीन तथा अन्य मुलुकबाट भएको आयात क्रमशः ४४.६ प्रतिशत, ५७.८ प्रतिशत र १११.२ प्रतिशतले वृद्धि भएको छ । वस्तुगत आधारमा पेट्रोलियम पदार्थ, कच्चा पाम तेल, औषधी, यातायातका साधन तथा पार्टपुजा, कच्चा सोयाविन तेल लगायतका वस्तुको आयात बढेको छ भने सिमेन्ट, दाल, मोलासिस सुगर, कीटनाशक, सुर्ती लगायतका वस्तुको आयात घटेको छ ।

यस्तै सो अवधीमा निर्यात १०५.६ प्रतिशतले बढेर १ खर्ब २ अर्बको भएको छ ।

समीक्षा अवधिमा रेमिट्यान्स आय ६. ८ प्रतिशतले कमी आई ३ खर्ब ८८ अर्ब ५८ करोड रुपैयाँ कायम भएको छ । गत वर्षको सोही अवधिमा रेमिट्यान्स आप्रवाह ११ प्रतिशतले बढेको थियो ।

प्रकाशित मिति:     २९ पुष २०७८, बिहीबार  |    Himali Khabar