नेपाल बंगलादेश बैंकको शेयर विनोद चौधरीलाई बिक्री नगर्न अदालतको आदेश

नेपाल बंगलादेश बैंकको शेयर विनोद चौधरीलाई बिक्री नगर्न अदालतको आदेश

काठमाडौं । काठमाडौं जिल्ला अदालतले नेपाल बंगलादेश बैंकको शेयर उद्योगी विनोद चौधरीलाई तत्काल बिक्री गर्न रोक लगाएको छ ।

सनराइज बैंकका अध्यक्ष समेत रहेका व्यापारी मोतीलाल दुगडले सो बैंकको शेयर किन्न आफूसँग करार गरी काम अगाडि बढिसकेको भन्दै चौधरीलाई बिक्री गर्न रोक लगाउन माग गर्दै अदालतमा मुद्दा हालेका थिए ।

सो मुद्दामा सुनुवाइ गर्दै न्यायाधीश रामचन्द्र पौडेलको इजलासले विपक्षीबाट लिखित जवाफ नआएसम्मका लागि शेयर खरिद बिक्री नगर्न आदेश दिएको हो ।

प्रकाशित मिति:     २८ पुष २०७८, बुधबार  |    Himali Khabar