नेप्सेको सीइओका लागि तीन जनाको नाम छनोट, कसले मार्ला बाजी?

नेप्सेको सीइओका लागि तीन जनाको नाम छनोट, कसले मार्ला बाजी?

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)को प्रमुख कार्यकारी अधिकृत (सीईओ)का प्रतिस्पर्धामा सहभागी मध्ये तीन जनाको नाम संक्षिप्त सूची (सर्टलिस्ट)मा राखिएको छ।

छनोट समितिले सोमवार तीन जनाको नाम सिफारिस गरेको हो । पाँच जनामध्ये छनोट समितिले रमेश भण्डारी र कृष्णबहादुर कार्की र केशव श्रेष्ठको नाम सिफारिस गरेको हो।

उक्त पदका लागि परेका आवेदनमध्ये पहिलो चरणमा पाँच जना छनोट भएका थिए । यसअघि ११ जना आवेदकहरुबाट पाँच जनाको नाम सर्टलिस्ट गरिएको थियो । सिफारिस समितिले पहिलो चरणमा कृष्णबहादुर कार्की, केशवप्रसाद श्रेष्ठ, प्रविन पन्दाक, रमेश घिमिरे र रमेशकुमार भण्डारीलाई छनोट गरेको छ।

प्रकाशित मिति:     २७ पुष २०७८, मंगलवार  |    Himali Khabar