एक बर्षमा १९ खर्बको सेयर कारोबार

एक बर्षमा १९ खर्बको सेयर कारोबार

काठमाडौं । वर्ष सन् २०२१ मा सेयर बजारमा ठूलठूला उत्तारचढाव आए। यो वर्ष सेयर बजारमा उच्च अंकको वृद्धि भयो। यही वर्ष सबैभन्दा धेरै रकको कारोबार पनि भयो।

ऐतिहासिक रेकर्ड बनाउन सफल भएको सेयर बजार सन् २०२१ मा सूचक झण्डै २१ प्रतिशतले बढेको छ भने यस वर्ष कारोबार २१ अर्ब रुपैयाँभन्दा माथि भएको नेप्सेले जानकारी दिएको छ। यस वर्ष नेप्से सूचक गत भदौ सबैभन्दा उच्च ३१९८.६० विन्दुसम्म पुगेको थियो।

सन् २०२० को अन्तिम कारोबार दिनसम्ममा कूल चार खर्ब ८४ अर्ब रुपैयाँको सेयर कारोबार भएकोमा २०२१ को अन्तिम कारोबार दिनसम्म १८ खर्ब ९८ अर्ब रुपैयाँको सेयर कारोबार भएको छ। यस वर्ष कारोबार रकम १४ खर्ब १३ अर्ब रुपैयाँले बढेको छ।

प्रकाशित मिति:     १७ पुष २०७८, शनिबार  |    Himali Khabar