स्मार्ट लाइसेन्सको छपाइ सुरु, माघसम्म सबै सकिने

स्मार्ट लाइसेन्सको छपाइ सुरु, माघसम्म सबै सकिने

काठमाडौं। सवारी चालक अनुमतीपत्र (लाइसेन्स) छपाइ सुरु भएको छ। यातायात व्यवस्था विभागले मंगलबार दिउँसोबाट छपाइ सुरु गरेको हो।

भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणुकुमारी यादवको उपस्थितिमा लाइसेन्स छपाइ सुरु गरिएको हो। मंसिर पहिलो साता नै १४ लाख कार्ड आइपुगेको थियो। गुणस्तर परिक्षणका लागि फ्रान्स पठाएर रिपोर्ट आएपछि छपाइ सुरु गरिएको हो।

यातायात व्यवस्था विभागका महानिर्देशक नमराज घिमिरेले माघ मसान्तसम्म सबै ब्याकलग सक्ने दाबी गरे। उनका अनुसार करिव ४ लाख ५० हजार ब्याक लक छ। दैनिक ८ हजार कार्ड छाप्न सक्ने क्षमता छ। तीन सिफ्टमा छपाइ गर्ने तयारी भएको छ। विभागसंग रहेको मास प्रिन्टरले १ मिनेटमा ४ वटा कार्ड छाप्न सक्छ।

ब्याक लग सकेपछि नवीकरण गर्ने चालकले मात्रै स्मार्ट लाइसेन्स प्राप्त गर्छन्। भने ट्रायल पास गर्ने वित्तिकै परिक्षणकालीन लाइसेन्स वितरण सुरु गरिएको छ। परिक्षणकालीन लाइसेन्स लिए एक बर्षको परिक्षण अवधी पुरा गरेपछि मात्रै स्मार्ट लाइसेन्स पाइन्छ। ट्रायल पास गरेर राजश्व तिर्ने बित्तिकै परिक्षणकालीन लाइसेन्स पाइने घिमिरेको दाबी छ।

प्रकाशित मिति:     १४ पुष २०७८, बुधबार  |    Himali Khabar