अर्थतन्त्रमा संकट, आयातमा गरिएको कडाइले मूल्य वृद्धिको चिन्ता

अर्थतन्त्रमा संकट, आयातमा गरिएको कडाइले मूल्य वृद्धिको चिन्ता

काठमाडौं । उच्च आयात र रेमिट्यान्समा गिरावटका कारण मुलुकको अधिकांश आर्थिक सूचकहरु नकारात्मक छन् । जसका कारण नेपाल राष्ट्र बैंकले केही दिन अघिदेखि चिनी, मदिरा, सिमेन्ट, चकलेट, मिनरल वाटर, गाडी, सुनचाँदी लगायतका वस्तुको आयातमा कडाइ गरेको छ।

बढ्दो आयातले मुलुकको अर्थतन्त्रमा ठूलो संकटको जोखिम निमत्याएको भन्दै व्यापार विज्ञ डा. पुष्प शर्माले यसलाई सकारात्मक भनेका छन् । राष्ट्र बैंकले गाडी आयातमा ५० प्रतिशत बैंक ऋण लिन पाउने सुविधा दिएको छ। तर केही अन्य वस्तुहरुमा एक रुपैयाँ पनि ऋण लिन नपाइने व्यवस्था गरेको छ। आयात व्यापार धेरै हदसम्म बैंककै पैसाका भरमा पर्ने हुँदा यसले आयात स्वत घट्ने उनले बताए ।

आयातमा गरिएको यो काडाइले स्वदेशी उत्पादनको खपत बढ्नेछ । तर ति सबै वस्तुको सम्पूर्ण माग स्वदेशी उत्पादनले धान्न सक्ने अवस्था नरहेकाले मूल्य वृद्धिको चिन्ता व्यापारीको छ ।

आयातमा भएको उच्च वृद्धि र घट्दो रेमिट्यान्सका कारण अहिले मुलुकको शोधनान्तर १ खर्ब ५० अर्ब रुपैयाँ घाटामा छ भने विदेशी मुद्रा सञ्चिति ७.२ महिनाको मात्रै वस्तु तथा सेवाको आयात धान्न पर्याप्त छ ।

प्रकाशित मिति:     ७ पुष २०७८, बुधबार  |    Himali Khabar