निगम निजीकरणको च्यापटर क्लोज

निगम निजीकरणको च्यापटर क्लोज

काठमाडौ । पर्यटन उड्डयन मन्त्री प्रेम आलेले नेपाल वायुसेवा निगमलाई निजीकरण नगर्ने बताएका छन्। मन्त्री आलेले निजीकरण नगर्ने घोषणा गरेका हुन्।

यसअघिको ब्यवस्थापनले निगमलाई निजीकरण गर्ने निर्णय गरेको थियो। ब्यवस्थापन प्रमुख डिमप्रसाद पौडेललाई मन्त्रालय तानेर नयाँ कार्यकारी अध्यक्ष नियुक्त गरिसकेका छन्।

निजीकरणको विरोधमा निगमका कर्मचारी थिए। उनीहरुले पौडेललाई कार्यालय छिर्नसमेत दिएका थिएनन्। निगमको ऋण धेरै छ। ऋण तिर्नेगरी उनले निजीकरण गर्ने योजना अगाडि बढाएका थिए।

प्रकाशित मिति:     ७ पुष २०७८, बुधबार  |    Himali Khabar