नेपाल एयरलाइन्सले सरकारसँग माग्यो नयाँ जहाज किन्न १५ अर्ब

नेपाल एयरलाइन्सले सरकारसँग माग्यो नयाँ जहाज किन्न १५ अर्ब

काठमाडौं । नेपाल एयरलाइन्सले नयाँ जहाज खरिद गर्न सरकारसँग १५ अर्ब रुपैयाँ माग गरेको छ । निगमले नयाँ जहाज खरिदको कार्ययोजना बनाइरहेको भन्दै नेपाल एयरलाइन्सका कार्यकारी अध्यक्ष युवराज अधिकारीले सरकारसँग उक्त रकम माग गरेका हुन् ।

मंगलबार निगममा आयोजित कार्यक्रममा अधिकारीले केही दिनमै नयाँ जहाज खरिदबारे निर्णय गरिने भन्दै पर्यटनमन्त्री समक्ष यस्तो माग गरेका हुन् । “यो रकम पुँजी वृद्धिका लागि प्राप्त होस्, हामी कर्मचारीको तलबमा लगाउँदैनौं, नयाँ जहाज किन्छौ’, उनले भने ।

प्रकाशित मिति:     ६ पुष २०७८, मंगलवार  |    Himali Khabar