विभिन्न ७७ देशबाट नेपाल आउनेले अनिवार्य ७ दिन क्वारेन्टिनमा बस्नुपर्ने निर्णय सच्याइयो

विभिन्न ७७ देशबाट नेपाल आउनेले अनिवार्य ७ दिन क्वारेन्टिनमा बस्नुपर्ने निर्णय सच्याइयो

काठमाडौं । पर्यटन व्यवसायी र अन्य सरोकारवालाहरुको समेत विरोधपछि सरकारले विभिन्न ७७ देशबाट नेपाल आउनेले अनिवार्य ७ दिन क्वारेन्टिनमा बस्नुपर्ने निर्णय सच्याएको छ ।

अब तत्काल सो निर्णय कार्यन्वयन नहुने अध्यागमन विभागले जनाएको छ ।

कोराना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन फैलिका विश्वका विभिन्न ६७ देशबाट नेपाल आउनेले अनिवार्य ७ दिन क्वारेन्टिन बस्नुपर्ने व्यवस्था गरेको थियो । हिजो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन विभागले सूचना जारी गर्दै नेपाल आउनेले होटल क्वारेन्टिन बस्नुपर्ने मापदण्ड तोकेको थियो ।

जारी सूचनामा होटल क्वारेन्टिनमा बस्दा लाग्ने खर्च स्वयम्र व्यक्तिले व्यहोर्नु पर्ने उल्लेख थियो ।

प्रकाशित मिति:     ३ पुष २०७८, शनिबार  |    Himali Khabar