पर्यटन बोर्डका सीईओ रेग्मी निलम्बित, नन्दिनी थापा लाहेलाई कामु सीईओको जिम्मेवारी

पर्यटन बोर्डका सीईओ रेग्मी निलम्बित, नन्दिनी थापा लाहेलाई कामु सीईओको जिम्मेवारी

काठमाडौं । नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सिईओ ) धनञ्जय रेग्मीलाई बोर्ड बैठकले निलम्बन गरेको छ । शुक्रबार बसेको बोर्ड बैठकले रेग्मीलाई निलम्बन गरी उनीमाथि लागेको आरोपको छानबिनका लागि समिति गठन गरेको छ ।

बोर्डका उपाध्यक्ष चन्द्र रिजालको नेतृत्वमा तीन सदस्यीय छानबिन समिति गठन भएको हो । स्रोतका अनुसार सीईओ रेग्मी निलम्बनमा परेपछि बोर्डकी वरिष्ठ निर्देशक नन्दिनी थापा लाहेलाई कामु सीईओको जिम्मेवारी दिएको छ ।

सीईओ रेग्मीलाई निलम्बन गरी उनीमाछि लागेको आरोपको छानबिन गर्ने समिति गठन भएको छ तर समयसीमा भने टुंगो लागिसकेको छैन । रेग्मी गत २३ कात्तिकमा बेलायतबाट फर्किने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भन्सारका कर्मचारीलाई हातपात गरेको आरोप सीईओ रेग्मीमाथि लागेको थियो । त्यही आरोपमा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले स्पष्टीकरण सोधेको थियो ।

प्रकाशित मिति:     २ पुष २०७८, शुक्रबार  |    Himali Khabar