धितोपत्र बोर्डका निवर्तमान अध्यक्ष ढुंगानामाथि भ्रष्टाचारको आरोपमा अनुसन्धान

धितोपत्र बोर्डका निवर्तमान अध्यक्ष ढुंगानामाथि भ्रष्टाचारको आरोपमा अनुसन्धान

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले धितोपत्र बोर्डका निवर्तमान अध्यक्ष भीष्मराज ढुंगानामाथि भ्रष्टाचारको आरोपमा अनुसन्धान थालेको छ ।

पदको दुरुपयोग गरी छोरीलाई शेयर दिलाएको र अस्वाभाविक कारोबार गरेको आरोपमा अख्तियारले ढुंगानामाथि विस्तृत अनुसन्धान थालेको हो । ‘पदीय मर्यादा विपरीत व्यक्तिगत लाभका लागि बुक बिल्डिङ विधि मार्फत धितोपत्र निष्कासनको तयारी गरिरहेको सर्वोत्तम सिमेन्टको शेयर छोरीका नाममा लिएको भन्ने आरोप उहाँमाथि छ’ अख्तियार उच्च स्रोतले भन्यो, ‘हामी अनुसन्धानकै चरणमा छौं ।´

प्रकाशित मिति:     २७ मंसिर २०७८, सोमबार  |    Himali Khabar