दुबई घुम्न जान लागेका ७६ यात्रुलाई अध्यागमनले फर्काइदियो

दुबई घुम्न जान लागेका ७६ यात्रुलाई अध्यागमनले फर्काइदियो

काठमाडौं । दुबई घुम्न जान लागेका ७६ जना यात्रुलाई त्रिभुवन अन्तर्राष्ट्रिय विभानस्थलस्थित अध्यागम कार्यालयले फर्काइदिएको छ ।

ललितपुरको जावलाखेलस्थित शुभेक्षा बहुउद्देश्यी सहकारी संस्थाबाट दुबई घुम्न जान लागेको बताएका उनीहरूलाई मानव ओसारपसारको आशंकामा फर्काइएको प्रमुख अध्यागम अधिकृत पुष्पराज शाहीले जानकारी दिए ।

नेपाल एयरलाइन्सको जहाजमार्फत दुबई उड्न लागेका ७६ जना मध्ये ७० प्रतिशतभन्दा धेरै महिला थिए । सहकारीबाट जान लागेको बताए पनि उनीहरू कुनै जानकारीविना एक्कासी एयर्पोर्ट आएको र कागजातसमेत नभएकोले फर्काइएको प्रमुख अधिकृत शाहीले बताए । यसअघि ४/५ जना महिलाहरू भए पनि पहिले नै जानकारी आउने गरेको उनको भनाइ छ ।

आइतबार राति ११ बजे उड्न लागेका उनीहरूले जम्मा चार दिनका लागि दुबई जान लागेको बताएका थिए।

प्रकाशित मिति:     २१ मंसिर २०७८, मंगलवार  |    Himali Khabar