आङ सान सुचीलाई चार वर्ष जेल

आङ सान सुचीलाई चार वर्ष जेल

काठमाडौं । म्यानमारकी प्रजातन्त्रवादी नेतृ आङ सान सुचीलाई ४ वर्ष जेलसजाय सुनाइएको छ । प्राकृतिक प्रकोपसम्बन्धी कानुनअन्तर्गत कोरोना भाइरससम्बन्धी नियम तोडेको आरोपमा उनी दोषी पाइएको सैनिक सरकारले जनाएको छ ।

म्यानमारको अदालतले सोमबार प्रारम्भिक आदेश जारी गर्दै सुचीमाथि जेल सजाय सुनाएको हो । सुचीमाथि लागेका अन्य आरोपमाथि सुनुवाइ हुन बाँकी नै छ । बाँकी मुद्दामा सेनाले चाहेअनुसार अदालतले फैसला गरेमा सुचीलाई अझ लामो जेल सजाय हुन सक्नेछ ।

प्रकाशित मिति:     २० मंसिर २०७८, सोमबार  |    Himali Khabar