प्रदेश पर्यटन बोर्ड खारेज

प्रदेश पर्यटन बोर्ड खारेज

विराटनगर । प्रदेश १ का तत्कालीन मुख्यमन्त्री भीम आचार्य नेतृत्वको सरकारले गठन गरेको प्रादेशिक सञ्चार प्रतिष्ठान र प्रदेश पर्यटन बोर्ड खारेज गरिएको छ । केही दिनअघि बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले अघिल्लो सरकारले बनाएका दुवै संरचना खारेज गर्ने निर्णय गरेको हो ।

मन्त्रिपरिषद् बैठकले प्रदेश पर्यटन बोर्ड नियमावली २०७८ खारेज गर्ने नियमावली स्वीकृति प्रदान गरेको छ । यो निर्णयसँगै बोर्डका उपाध्यक्ष फणीन्द्र अधिकारी समेत सबै सदस्य स्वतः पदमुक्त भएका छन् । यसैगरी प्रादेशिक सञ्चार प्रतिष्ठान गठन, सञ्चालन तथा व्यवस्थापन नियमावली २०७७ तथा सो अन्तर्गत गठन भएको प्रादेशिक सञ्चार प्रतिष्ठान समेत खारेज गर्ने निर्णय गरेको छ । बैठकले प्रतिष्ठानको चल–अचल सम्पत्ति अधिकार र दायित्व आन्तरिक मामिला तथा कानून मन्त्रालयको हुने निर्णयसमेत गरेको छ ।

प्रकाशित मिति:     १५ मंसिर २०७८, बुधबार  |    Himali Khabar