२० महिनापछि भारतको मुम्बई र बैङ्लोर उडान हुँदै

२० महिनापछि भारतको मुम्बई र बैङ्लोर उडान हुँदै

काठमाडौं । राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमले २० महिनापछि भारतको मुम्बई र बैङ्लोरमा पुनः उडान सुरु गर्न लागेको छ ।

कोभिड–१९ महामारीका कारण स्थगन गरिएका दुवै गन्तव्यको उडान पुनः सञ्चालनमा आउने भएको हो । महामारी नियन्त्रणका लागि सरकारले लागू गरेको बन्दाबन्दीका कारण २०७६ चैतदेखि स्थगित उडान पुनः सुचारु हुने भएको निगमले जनाएको छ । निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले महामारीका कारण स्थगित गरिएका मुम्बई र बैङ्लोर उडान पुनः सुरु गर्ने तयारीमा रहेको जानकारी दिए । योसहित अब साविकबमोजिम भारतका तीनवटै गन्तव्य नयाँदिल्ली, मुम्बई र बैंलोरमा निगमको नियमित उडान हुनेछ ।

डिसेम्बर १७ तारिखदेखि मुम्बईमा साताको दुई दिन हरेक शुक्रबार र सोमबार नेपाल एयरलाइन्सको उडान हुनेछ । बैङ्लोर गन्तव्यमा पनि डिसेम्बर १८ तारिखदेखि साताको दुई दिन हरेक शनिबार र मङ्गलबार उडान हुनेछ ।

प्रकाशित मिति:     १४ मंसिर २०७८, मंगलवार  |    Himali Khabar