विदेशबाट नेपाल आउने यात्रुलाई परिमाण भन्दा धेरै सामान नल्याउन आग्रह

विदेशबाट नेपाल आउने यात्रुलाई परिमाण भन्दा धेरै सामान नल्याउन आग्रह

काठमाडौं । त्रिभुवन विमानस्थाल भन्सार कार्यालयले विदेशबाट नेपाल आउने यात्रुले तोकिएको परिमाणभन्दा बढी सुन र सुनका गहना, मोबाइल फोन, ल्यापटप तथा मदिराजन्य पदार्थ ल्याएमा जफत हुने विषय पुनः जानकारी गराएको छ ।

उक्त कार्यालले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै नेपाल आउने नेपाली यात्रुले प्रचलित कानुनले दिएको सुविधाभन्दा बढी परिमाण र स्वरुपमा साथमा त्यस्ता सामग्री ल्याएको पाइएमा कानुनबमोजिम कारवाही हुने स्पष्ट गरेको छ । यात्रुमा प्रचलित कानुनी व्यवस्थाको पर्याप्त जानकारी नभएको एवं अन्य अपरिचित व्यक्तिले ललाइफकाइ त्यस्ता सामग्री पठाउने गरेको भनी बयान दिने गरेको विषयप्रति सो कार्यालयले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

नेपाली नागरिक विदेशमा गई स्वदेश फर्कदा व्यक्तिगत प्रयोगका लागि सुनको गहना ५० ग्राम, एउटा ल्यापटप, एक थान मोबाइल र एक लिटरसम्मको एक बोतल मदिरा मात्र भन्सार महशुल छुटमा ल्याउन पाइने जानकारी दिइएको छ ।

कार्यालयद्वारा जारी सूचनामा ५० ग्रामभन्दा थप २ सय ग्रामसम्मको सुनका गहनालाई भन्सार महशुल लिइए जाँचपास गर्न सकिने, सोभन्दा बढी ल्याएमा त्यस्तो बढी परिमाण जफत गरिने उल्लेख छ ।

प्रकाशित मिति:     १३ मंसिर २०७८, सोमबार  |    Himali Khabar