सेयर धितो ऋण पुनरावलोकन भएन, ४ र १२ लाई नै निरन्तरता

सेयर धितो ऋण पुनरावलोकन भएन, ४ र १२ लाई नै निरन्तरता

काठमाडौं । नेपाल राष्ट्र बैंकले सेयर कर्जाको ४ र १२ करोडको नीति यथावत राखेर मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा गरेको छ । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीति मार्फत सेयर कर्जामा ४ र १२ को नीति ल्याएको थियो ।

राष्ट्र बैंकले सेयर धितो राखेर लिइने कर्जा एउटा बैंकबाट ४ करोड सबै बैंक तथा वित्तीय संस्थाबाट १२ करोडसम्म मात्र कर्जा लिन पाउने व्यवस्था गरेको थियो । पहिलो त्रैमासिक समीक्षामा सेयर कर्जाको व्यवस्था परिवर्तन गरेको छैन ।

प्रकाशित मिति:     १० मंसिर २०७८, शुक्रबार  |    Himali Khabar