भाडा नतिरेपछि पोलमा टाँगिएका तार काटिने

भाडा नतिरेपछि पोलमा टाँगिएका तार काटिने

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले इन्टरनेट सेवा प्रदायक कम्पनीहरुले विद्युत पोल प्रयोग गरेवापतको भाडा रकम नबुझाएपछि तार काट्ने तयारी थालेको छ । यस अघि नेपाल दुरसञ्चार प्राधिकरणले समन्वय गरेर भाडा रकम बुझाउन लगाउने सहमति भएपछि प्राधिकरणले तार हटाउने काम रोकेको थियो ।

सहमती अनुसारको रकम नबुझाएपछि फेरि तार हटाउने गरी काम अघि बडाएको नेपाल विद्युत प्राधिकरणका प्रवक्ता सुरेशबहादुर भट्टराईले जानकारी दिए । उनका अनुसार प्राधिकरणलाई इन्टरनेट सेवा प्रदायक कम्पनीहरुले २०७३ साल देखिको भाडा रकम बुझाउन बाँकी रहेको छ ।

विद्युत पोलमा ९५ प्रतिशत इन्टरनेटका तारहरु अव्यवस्थित पाराले झुन्ड्याइएको देखिन्छ । शहरको रुपनै विगारेको भन्दै काठमाडौं महानगरपालिका लगायतका अन्य शहरका स्थानीयतहले समेत तारलाई व्यवस्थित गर्न निर्देशन दिई सकेको छ तर वेवास्ता गरेर झन् तारका गुजुल्टाहरु जथाभावि बनाउने गरेको आरोप लगाएका छन् ।

प्रकाशित मिति:     ७ मंसिर २०७८, मंगलवार  |    Himali Khabar