कफी निर्यात ६६ प्रतिशतले बढ्यो

कफी निर्यात ६६ प्रतिशतले बढ्यो

काठमाडौं । कफीको निर्यात ६६ प्रतिशतले बढेको छ । गुणस्तरीयताका हिसाबले नेपाली कफीले अन्तरराष्ट्रिय बजारमा छुट्टै पहिचान बनाउन सफल भएकाले विश्वबजारमा नेपाली कफीको माग दिनप्रतिदिन बढ्दै गएको हो । नेपालमा उत्पादित कुल कफीको करीब २५ प्रतिशत कफी विदेशी बजारमा निर्यात हुँदै आएको बताइएको छ ।

भन्सार विभागको तथ्यांकअनुसार आव २०७६/७७ मा नेपालले ५ करोड ७७ लाख रुपैयाँ बराबरको ४६ दशमलव ८९ मेट्रिकटन कफी निर्यात गरेको थियो भने आव २०७७/७८ सम्म आइपुग्दा यो परिमाण करीब ६६ प्रतिशतले वृद्धि हुँदै ९ करोड ६० लाख रुपैयाँ बराबरको ७२ दशमलव ४८ मेट्रिकटन कफी निर्यात भएको छ । निर्यात बढेसँगै सोही वर्ष नेपालमा कफीको आयातसमेत घटेको तथ्यांकले देखाएको छ ।

प्रकाशित मिति:     १ मंसिर २०७८, बुधबार  |    Himali Khabar