रेमिट्यान्स आउ ७.६ प्रतिशतले घट्यो, शोधनान्तर घाटा ७६ अर्ब १४ करोड रुपैयाँमा खुम्चियो

रेमिट्यान्स आउ ७.६ प्रतिशतले घट्यो, शोधनान्तर घाटा ७६ अर्ब १४ करोड रुपैयाँमा खुम्चियो

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो त्रैमास साउनदेखि असोज मसान्तसम्ममा मुलुक भित्रिने रेमिट्यान्स ७.६ प्रतिशतले घटेको छ।नेपाल राष्ट्र बैंकले मंगलबार सार्वजनिक गरेको असोज मसान्तसम्मको मुलुकको आर्थिक तथा वित्तीय अवस्थासम्बन्धी प्रतिवेदनअनुसार समीक्षा अवधिमा दुई खर्ब ३९ अर्ब ३२ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ। उ

तर यो अवधीमा वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिनेको संख्या उल्लेख्य बढे पनि रेमिट्यान्स घटेको हो।

शोधनान्तर घाटा ७६ अर्ब १४ करोड रुपैयाँमा खुम्चिएको छ । चालु खाता घाटा तीन महिनामै १ खर्ब ५१ अर्ब ७० करोड नाघेको छ। आयात ६३.७ प्रतिशतलेबढेर ४ खर्ब ७८ करोड ५२ करोड रुपैयाँ नाघेको छ। निर्यात शत–प्रतिशतले बढ्दा पनि ६५ अर्ब ५ करोड रुपैयाँको मात्र भएको छ। बिदेशी मुद्राको सञ्चिति १३ खर्ब ९ अर्ब ३२ करोड रुपैयाँमा झरेको छ।

प्रकाशित मिति:     ३० कार्तिक २०७८, मंगलवार  |    Himali Khabar