एयरलाइन्स कम्पनीले बढाए हवाई भाडादर, आजदेखि लागू

एयरलाइन्स कम्पनीले बढाए हवाई भाडादर, आजदेखि लागू

काठमाडौं । नेपाल आयल निगमले हवाई इन्धनको मूल्यवृद्धि गरेपछि त्यसलाई आधार बनाएर हवाई सेवा प्रदायक कम्पनीहरूले पनि भाडादर बढाएका छन् । इन्धनको मूल्यमा ५ रुपैयाँ ले वृद्धि भएको भन्दै वायुसेवा सञ्चालक संघले फ्युल सरचार्ज बढाएसँगै हवाई भाडादर बढेको हो ।

बढेको भाडादर अनुसार सबैभन्दा धेरै काठमाडौं–धनगढी छ । यो रूटको फ्युल सरचार्ज २२० रुपैयाँ ले बढेको छ भने दोस्रोमा काठमाडौं–सुर्खेतको छ । यो रूटमा १७५ रुपैयाँले भाडादर बढेको छ । यसैगरी काठमाडौं–भैरहवा रूटको सरचार्ज पनि १०५ रुपैयाँले बढेको छ । यस्तै काठमाडौं–पोखराको ८० रुपैयाँ बढेको छ ।

हाल वृद्धि भएको भाडादर सोमवारदेखि लागू हुनेछ । निगमले ५ रुपैयाँले हवाई इन्धनको मूल्य बढाएसँगै अहिले प्रतिलिटर १०१ रुपैयाँ पुगेको छ । यसअघि मूल्य समायोजन गर्दा हवाई इन्धनको मूल्य प्रतिलिटर ९६ रुपैयाँ थियो ।

प्रकाशित मिति:     २९ कार्तिक २०७८, सोमबार  |    Himali Khabar