हवाई भाडा पुनः बढ्यो, कुन गन्तव्यमा कति ?

हवाई भाडा पुनः बढ्यो, कुन गन्तव्यमा कति ?

काठमाडौं । इन्धनको मूल्य बढेपछि निजी वायुसेवा कम्पनीहरुले हवाईभाडा पनि बढाएका छन्। कम्पनीहरुले उडान गन्तब्यमा फ्युल सरचार्ज वृद्धि भएको हो।

नेपाल वायुसेवा सञ्चालक संघले नेपाल नागरिक उड्डयान प्राधिकरणमा पत्र पठाएको छ। प्राधिकरणले स्विकृत गरेलगत्तै नयाँ भाडादर लागू हुने छ।

संघले काठमाडौं–माउन्टेन १७० रुपैयाँ, काठमाडौं–पोखरा ८० रुपैयाँ, काठमाडौं–भैरहवा १०५ रुपैयाँ, काठमाडौं–विराटनगर १२० रुपैयाँ ,काठमाडौ–भद्रपुर १५० रुपैयाँ ,काठमाडौं–नेपालगञ्ज १६० रुपैयाँ बढाएको छ । यस्तै काठमाडौं–जनकपुर ६५ रुपैयाँ ,काठमाडौं–सिमरा ४५, काठमाडौं–भरतपुर ५५ रुपैयाँ र काठमाडौं–तुम्लिङटार ९० रुपैयाँ भाडा बढाएको छ ।

प्रकाशित मिति:     २७ कार्तिक २०७८, शनिबार  |    Himali Khabar